महामन्त्री थापा संवाद यात्रामा व्यस्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र आमजनताको समस्यालाई नयाँ ढङ्गबाट सम्बोधन गर्नका लागि नेपाली कांग्रेसले संवाद यात्राको अभियान सञ्चालन गरेको बताएका छन् ।
समुदायमा नेपाली कांग्रेस अभियानअन्तर्गत मेची–काली यात्राका क्रममा सुनसरीको बर्जु गाउँपालिकामा महामन्त्री थापा आइपुगेका हुन् । स्थानीयको सुझाव तथा गुनासो सुनेपछि महामन्त्री थापाले स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताए । यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पार्दै महामन्त्री थापाले आफूहरू स्थानीय तहका व्यक्तिको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टीप्रतिको गुनासो सुन्न र आम समुदायको समस्याबुझ्ने यात्राको उद्देश्य रहेको बताए ।

संवाद यात्रामा उपस्थित भएका सर्वसाधारणले किसानको समस्या, युवा पलायनका विषयमा कुरा उठाएका थिए भने पार्टीभित्रको गुटका बारेमा विरोधसमेत गरेका थिए ।महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर