अस्ट्रेलियन ओपनको उपाधि यानिक सिनरलाई

काठमाडौं । ​ अस्ट्रेलियन ओपन पुरुषतर्फको उपाधि इटालीका यानिक सिनरले जितेका छन्। ​सिनरले फाइनलमा रुसका ड्यानिल मेदभेदेभमाथि पाँच सेटको रोमाञ्चक पुनरागमन जित हात पारेका हुन्। उनको यो पहिलो ग्रान्डस्लाम उपाधि हो।​ मेलवर्न पार्कमा चौथो वरीयताका सिनर, दुई सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए।

विश्व नम्बर तीन मेदभेदेभले पहिलो सेट ६–३ ले आफ्नो पक्षमा पारे। दोस्रो सेट पनि ६–३ ले नै जितेपछि धेरैले उनी सहजै उपाधिमाथि कब्जा जमाउन सफल हुने अनुमान गरेका थिए।​ करियरको पहिलो ग्रान्डस्लाम फाइनल खेलेका २२ वर्षे सिनरले तेस्रो सेटमा २७ वर्षीय मेदभेदेभलाई ६–४ ले पराजित गरे। चौथो सेट पनि समान ६–४ ले नै जितेपछि खेल दुई–दुईको रोमाञ्चक मोडमा पुगेको थियो। पाँचौं तथा निर्णायक सेटमा सुरुबाटै अगाडि रहेका सिनरले सोही लयलाई निरन्तरता दिदा मेदभेदेभले पुनरागमन गर्न सकेनन्। सिनर ६–३ को जितका साथ च्याम्पियन बने।

सन् २००८ यता नोभाक जोकोभिचपछि अस्ट्रेलियन ओपन पुरुष फाइनल जित्ने उनी सबैभन्दा कान्छा खेलाडी बनेका छन्। अस्ट्रेलियन ओपनले २०१४ पछि पुरुषतर्फ नयाँ च्याम्पियन पाएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर