शाहरुख खान अभिनित फिल्म ‘जवान’ पूर्वनिर्धारीत मितिमै प्रदर्शन हुने घोषणा

काठमाडौं । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ पूर्वनिर्धारीत मितिमै प्रदर्शन हुने घोषणा भएको छ ।

दक्षिण भारतीय फिल्म निर्माता एटली कुमारद्वारा निर्देशित ‘जवान’को सुरुमा प्रदर्शन मिति जुन २ मा राखिएको थियो । तर, फिल्मको छायांकन पुरा नभएको भन्दै फिल्मको निर्माण पक्षले मिति परिर्वतन गरी अक्टोबरमा प्रदर्शन गर्ने बताएको थियो ।

तर, अहिले फेरी फिल्म पूर्वनिर्धारीत मिति जुन २ ९२०२३० मा नै प्रदर्शन गर्ने तयारी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फिल्म ‘जवान’को टिमले पनि फिल्मको प्रचारप्रसारको तयारी सुरु गरेको छ । ‘जवान’को टोलीले आगामी जेठको पहिलो साताबाट फिल्मको प्रचारप्रसार सुरु गर्नेछ ।

यो ४ देखि ५ हप्ताको समय प्रचार अभियान हुनेछ। पहिले फिल्मको ट्रेलर र त्यसपछि गीतहरु सार्वजनिक गरिने भएको छ । फिल्मको टिजर भने पहिले नै प्रदर्शन भइसकेको छ ।

हिन्दी फिल्ममा अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने, फिल्म ‘पठान’ बनेपछि, शाहरुखको लागि अर्को चुनौती थपिएको छ ।

शाहरुखका अलावा ‘जवान’ मा नयनतारा, प्रिया मणि, सान्या मल्होत्रा ​​र सुनिल ग्रोवरको पनि अभिनय रहनेछ । फिल्ममा विजय सेतुपति नकारात्मक भूमिकामा देखिनेछन् । यसबाहेक फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिका रहेको छ ।

दक्षिण भारतीय चर्चित संगीत निर्देशक अनिरुद्ध रविचन्द्रले फिल्ममा संगीत दिएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर