तनहुँमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं ।  तनहुँमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नं. ३ का २६ वर्षीय सफल राना मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राना मगरको आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुरथित पुरानो मेडिकल कलेज पुर्याइएको थियो । उनलाई अस्पतालमा पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१क ५०१२ नम्बरको मिनी ट्रक र सोही दिशातर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको खाँणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पनि उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर