ड्रोन आक्रमणमा ३ जना अमेरिकी सैनिकको मृत्यु

काठमाडौं ।   सिरियासँग जोडिएको जोर्डनको सीमा क्षेत्रमा रहेको अमेरिकी आधार शिविरमा ड्रोन आक्रमण हुँदा ३ अमेरिकी सैनिकको मृत्यु भएको छ। आक्रमणमा परी दर्जनौं घाइते भएका बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त हमला ‘कट्टरपन्थी इरान समर्थित लडाकु समूह’ले गरेको बताएका छन्। उक्त हमलाको अमेरिकाले जवाफ दिने बाइडेनको भनाइ छ।

इजरायलमा हमासले अक्टोबर ७ मा गरेको आक्रमणपछि यस क्षेत्रमा भएको यो पहिलो आक्रमण हो, जसमा अमेरिकी सैनिक मारिएका छन्। जोर्डनले उक्त आक्रमण आफ्नो सीमाभित्र नभइ सिरियामा भएको बताएको छ। यस क्षेत्रमा अमेरिकी अड्डाहरूमा अन्य आक्रमणहरू पनि भएका छन्, तर अहिलेसम्म अमेरिकी सेनाले कुनै हताहतको रिपोर्ट गरेको छैन। यो पछिल्लो आक्रमणमा कसको हात छ भन्ने पनि स्पष्ट छैन। राष्ट्रपति बाइडेनले भने, ‘सबै जिम्मेवारहरूलाई एकै समयमा र हाम्रो छनोटको हिसाबले जवाफदेही बनाइनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर