चिनियाँ उपमन्त्रीलाई भेटेपछि रवि लामिछाने नयाँदिल्ली प्रस्थान

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हायान नेतृत्वको टोलीले शनिबार भेट गरेको छ ।

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलमीमा भएको भेटमा दुई पक्षीय चासो र हितका विषयमा कुराकानी भएको रास्वपाले जनाएको छ । भेटवार्ताको क्रममा दुवै नेताले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउने तथा दुई राजनीतिक दलबीच थप सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । सो भेटवार्तालगत्तै लामिछाने भने भारत भ्रमणमा निस्किएका छन् । रास्वपाले जनाएअनुसार भारतमा रहेका शुभेच्छुकले आयोजना गरेका कार्यक्रममा सहभागी हुन सभापति लामिछाने र उपसभापति डीपी अर्याल शनिबार नयाँदिल्ली प्रस्थान गरेका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर