मड्रिडको पुनरागमन जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं ।  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा लास पाल्मसमाथि २-१ को पुनरागमन जित निकाल्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो । खेलको ५३औँ मिनेटमा जाभिएर मुनोजले गोल गर्दै घरेलु टोली लास पाल्मसलाई सुरुवाती अग्रता दिलाएका थिए । मुनोजले सान्ड्रो रमिरेजको पासमा गोल गरेका थिए । तर, लास पाल्मसले त्यो अग्रता भने धेरै समय टिकाउन सकेन ।

खेलको ६५औँ मिनेटमा रियल मड्रिडका लागि भिनिसियस जुनियरले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए । भिनिसियसले एड्वार्डो कामाभिङ्गाको पासमा बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलको ८४औँ मिनेटमा ओरेलियन चुवामेनीले गोल गर्दै रियल मड्रिडलाई २-१ को पुनरागमन जित दिलाए । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका चुवामेनीले टोनी क्रुसको पासमा गोल गरेका थिए । जितसँगै रियल मड्रिड २१ खेलबाट ५४ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको जिरोनाको समान खेलबाट ५२ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर