कोसीमा ‘फ्लोर क्रस’ गर्नेमाथि कारबाही गरिने

काठमाडौं ।  राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गरेर एमाले उम्मेदवारलाई मत दिने जनप्रतिनिधिमाथि कारबाही हुने भएको छ। ‘राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति–२०८० कोसी प्रदेश’ ले शुक्रबार विज्ञप्ति जारी गरी गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई हराउन भूमिका खेल्ने जनप्रतिनिधिमाथि छानबिन गरी कारबाही गर्ने जनाएको हो।

यहि माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनबाट कांग्रेसका कृष्ण प्रसाद सिटौला र माओवादी केन्द्रका चम्पादेवी कार्की उम्मेदवार थिए। तर, निर्वाचनमा सिटौलाले जित्दा चम्पादेवी कार्कीको पराजय भएको थियो। उनको ठाउँमा एमालेकी रुक्मिणी कोइरालाले चुनाव जितेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर