रातो मत्स्येन्द्रनाथको रथ गाःबहाल पु-याइयो

ललितपुर । पाटनमा करिब एक महिनासम्म मनाइने रातो मत्स्येन्द्रनाथको जात्राको रथ पुल्चोकबाट तानेर आज बुधबार स्थानीय गाःबहाल पु-याइएको छ । रातो मत्स्येन्द्रनाथको रथ यात्रा सोमबारदेखि सुरु भएको थियो ।

गाःबहालमा रहेको रथलाई केही दिनभित्र लगनखेलमा पु-याई नरिवल खसाल्ने जात्रा मनाइन्छ । ललितपुरको गर्वको प्रतीक रहेको रातो मत्स्येन्द्रनाथ र मीननाथको जात्रा अत्यन्त श्रद्धाभक्तिपूर्वक मनाइन्छ ।रातो मत्स्येन्द्रनाको जात्राको सिलसिलामा वाउलाखेलमा भोटो जात्रा पनि मनाइन्छ । भोटोजात्राका लागि भने साइत जुराउने परम्परा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर