गुडिरहेको बस सडकमा भासियो

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिनकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो । सर्भिस लेनतर्फको सडकमा  बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको छ । त्यस लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर