राष्ट्रियसभाको दलीय संरचनामा परिवर्तन

काठमाडौं ।  राष्ट्रियसभामा आगामी फागुन २१ पछि दलीय हैसियत फेरिने भएको छ । राष्ट्रियसभाको हिजो भएको निर्वाचन परिणामले माथिल्लो सदनको दलीय संरचनामा परिवर्तन भएको हो ।

निर्वाचन परिणाम अनुसार नेकपा एमालेलाई पछि पार्दै नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दा नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ । १९ पदका लागि भएको निर्वाचनमा सत्तारूढ गठबन्धनका १८ र एमालेका एक जना उम्मेदवार विजयी भएका छन् ।

परिणाम अनुसार माओवादी केन्द्रका छ जनामध्ये पाँच जना उम्मेदवार निर्वाचित भएसँगै सो दलको कुल सदस्य सङ्ख्या यसअघि एमालेको सदस्य सङ्ख्या जति नै १७ पुगेको छ । यसअघि तेस्रो ठूलो दल रहेको नेपाली कांग्रेस १६ सदस्य सङ्ख्यासहित दोस्रो ठूलो दल बनेको हो । कांग्रेसका चार र माओवादीका तीन जना राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिँदै छ ।

नेकपा एमालेका एक उम्मेदवार निर्वाचित भएपनि सो दलको राष्ट्रियसभामा सदस्य १० जनामा सीमित हुन पुगेको छ । उसको आठ जना सदस्यको पदावधि सकिन लागेकोमा एक जना मात्रै निर्वाचित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर