नेता महराका छोरालाई थुनामुक्त गर्न अदालतद्वारा अस्वीकार

काठमाडौं ।  थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका राहुल महराको निवेदन उच्च अदालत पाटनले अस्वीकार गरेको छ । भन्सार चोरी पैठारी र सङ्गठित अपराधको कसुरमा थुनामा रहेका महरालाई उच्च अदालतले समेत थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो । काठमाडौँ जिल्ला अदालतले पाँच लाख धरौटी माग गर्ने आदेश गरेको लोकेन्द्रकुमार पौडेलको आदेश पनि उच्च अदालतले सदर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर