राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन १८ र एमाले एक स्थानमा विजयी

काठमाडौं ।  राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ। बिहीबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो।राष्ट्रियसभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेका रुकमणि कोइराला विजयी भएको छ।

मधेस प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी, नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भए

त्यस्तै गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै नेपाली कांग्रेसका पदमबहादुर परियार, नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा माओवादी केन्द्रका मनरुपा शर्मा निर्वाचित भए । लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएको छ।

कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल, नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विश्वकर्मा निर्वाचित भएको छ। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा नेकपा माओवादी केन्द्रका रेणु चन्द निर्वाचित भएको छ।

राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो। जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा माओवादी केन्द्र ५ सिट र नेकपा एकीकृत समाजवादीले दुई सिट जितेको छ। त्यस्तै जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर