भारत र अफ्रिकालाई सुरक्षा परिषदमा राखौं : मस्क

काठमाडौं ।  विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा भारतलाई स्थायी सदस्यता दिनुपर्ने माग गरेका छन्।

भारत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य नहुनु ‘बेतुक’ को कुरा भएको भन्दै उनले कडा टिप्पणी गरेका हुन् । अर्बपति एलोन मस्कले सोमबार आफ्नो विचार राख्दै लेखेका छन्, ‘अहिले पृथ्वीमा सबैभन्दा बढी जनसङ्ख्या भएको देश संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य छैन । यो बेतुकपूर्ण अवस्था हो ।‘ नयाँ सदस्यहरूको लागि ठाउँ बनाउन यो अन्तर सरकारी संगठन समायोजन गर्न पनि उनले सुझाव दिए ।

मस्कले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको एक्स पोष्टको जवाफ दिँदै उक्त प्रतिक्रिया दिएका हुन् । गुटरेसले यूएनएससीका स्थायी सदस्यहरूमा कुनै अफ्रिकी राष्ट्रहरू छैनन् भन्ने मुद्दा उठाएका थिए। “संस्थाहरूले आजको संसारलाई प्रतिबिम्बित गर्नुपर्छ, ८० वर्ष पहिलेको होइन। आउँदो सेप्टेम्बरको शिखर सम्मेलन विश्वव्यापी शासन सुधारहरू विचार गर्ने र विश्वास पुनर्निर्माण गर्ने अवसर हुनेछ”, गुटरेसले लेखेका थिए। “यो समस्या भनेको अत्यधिक शक्ति भएकाहरूले यसलाई छोड्न नचाहँदा सिर्जना भएको हो” मस्कले जवाफ दिए, “भारत र अफ्रिकालाई”सामूहिक रूपमा स्थायी सिटहरू हुनुपर्छ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर