माओवादीका पूर्वलडाकु कमाण्डर पक्राउ परे

काठमाडौं ।  माओवादी जनयुद्धका पूर्वलडाकु कमाण्डर जीतमान पुन ‘मार्शल’ पक्राउ परेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आपत्ति जनाएका छन्।

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’, उनले भनेका छन, ‘हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौं र यसबारे तुरुन्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डर तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर