युक्रेनी युद्धबन्दी बोकेको जहाज दुर्घटना : ७४ जनाको मृत्यु

काठमाडौं ।  युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुस र युक्रेनको सीमामा हिजो भएको विमान दुर्घटनापछि रुसले ‘युक्रेनी कैदीहरूको जीवनसँग खेलवाड गरेको’ आरोप लगाएका छन् ।

जेलेन्स्कीले रुसीहरूले युक्रेनी कैदीहरूको जीवन, उनीहरूका आफन्तहरूको भावना र समग्र युक्रेनसँग खेलिरहेको आरोप लगाएको हो । उनले युक्रेनको सीमा नजिकै बेल्गोरोड क्षेत्रमा हिजो भएको विमान दुर्घटनाको अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन् ।

रुसी संसद्का सदस्य आन्द्रेई कार्तापोलोभले भने दुर्घटना भएको विमानमा ३ वटा मिसाइल ठोक्किएको दाबी गर्नुभएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार हिजोको दुर्घटनामा जहाजमा रहेका सबैको ज्यान गएको छ। जहाजमा रहेका ६५ जना युक्रेनी युद्धबन्दीहरू,  ६ जना  रुसी चालक दलका सदस्य र ३ जना सुरक्षागार्ड गरी सबै ७४ जनाकै ज्यान गएको बीबीसीले जनाएको छ । युक्रेनी युद्धबन्दीलाई रुसी सेनाको बदलामा सट्टापट्टाका लागि लगिएको हुनसक्ने खबरमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर