आज सुनको भाउ चार सय रुपैयाँले घट्यो

काठमाडौं ।  सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । चार दिनदेखि घटबढ नभएको सुनको भाउ आज घटेर तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ रहेको थियो।

आज चाँदीको भाउ भने बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको १४ सय रुपैयाँ कायम गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर