क्यानाडा पठाइदिन्छु भनेर ठग्ने २ विदेशीसहित ६ जना पक्राउ

काठमाडौं ।  क्यानाडा पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेको छ । पोखरा १० बुद्धचोकस्थित होटल टास्कबाट मंगलबार राति प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो ।

क्यानाडा लैजाने प्रलोभन देखाएर अन्तर्वार्ता लिन विभिन्न व्यक्तिहरुलाई पोखराको होटेलमा बोलाएको भन्ने गोप्य सूचनाको आधारमा अन्तवार्ता लिइरहेको अवस्थामा ६ जनालाई प्रकाउ गरेको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रहरीका अनुसार प्रकाउ पर्नेमा पोखरा–१३ पाटनबेशी बस्ने ६५ वर्षीय पार्वती सुनार, पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीय रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीय सिमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय, क्यानडाका स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश घर भएका ३२ वर्षीय इस्मित कौर छन् । पार्वती सुनारले छोरी क्यानाडामा छ सिधै क्यानाडाको भिषा निकाल्नेदेखि काममा लगाउने प्रलोभन देखाएर प्रतिव्यक्ति २ हजार दरले उठाएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर