क्रिकेटमा कोशी प्रदेशको लगातार हार

काठमाडौं । कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौँ हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कोशी सुदूरपश्चिम प्रदेशसँग आठ विकेटले पराजित भयो ।

जितसँगै सुदूरपश्चिमले पाँच खेलबाट आठ अङ्क बनाएको छ । कोशी आठौँ खेलसम्म अङ्कविहीन छ । जितका लागि कोशीले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २१।१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । सुदूरपश्चिमका लागि नरेन भट्टले अविजित ५४ रन बनाए । प्रकाश पाण्डे अविजित ३४ र कप्तान राजु रिजालले २१ रन जोड्यो । कोशीका लागि दुवै विकेट फिर्दोस अन्सारीले लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ३२ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । कोशीका लागि मिनाश थापाले सर्वाधिक २६ रन बनाए । कप्तान अङ्कित तिवारीले २२, कमल खत्रीले १८ र फिर्दोस अन्सारीले १३ रन बनाए । बलिङमा सुदूरपश्चिमका शेर मल्लले पाँच विकेट लि र विकाश आग्रीले चार विकेटमा झारेका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर