मेरिटोक्रेसीबाट उपकुलपति छान्ने प्रक्रियाले आशा पलायो : बुद्धिजीवी

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताएका छन् । उनले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रूपान्तरणको खाँचो औंल्याउँदै यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्ने बताए ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार डा. केदारभक्त माथेमा, डा. पिताम्बर शर्मा, डा. विद्यानाथ कोइराला, डा. चैतन्य मिश्र, प्रा. कृष्ण खनालसहितका प्रबुद्ध व्यक्तित्वसँगको छलफलमा प्रधानमन्त्रीले भने, “देश बनाउन सबभन्दा बेष्ट ब्रेनहरु केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो विगतदेखि कै सोँच रहँदै आएको बताउँदै र अहिले विश्वविद्यालयलाई राजनीतिक भागबण्डा बनाउनु हुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रु गर्न लागिएकाले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गर्दछु ।”

प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र समुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताउँदै आम जनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्त्वपूर्ण भूमिका रहने औंल्याए ।

छलफलमा डा. माथेमा, डा. शर्मा, डा. कोइराला, डा. मिश्र, प्रा. खनालसहितका बौद्धिकहरुले प्रधानमन्त्रीले हालै विश्वविद्यालयमा भागवण्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकुलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको भन्दै समग्र शिक्षा क्षेत्रसहित विश्वविद्यालयहरुको पुनर्संचना गर्नेगरी सुधार थाल्न आग्रह गरे । उनीहरुले प्रधानमन्त्रीसमक्ष विभिन्न विषयमा सुझाव प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर