बालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक महिला पक्राउ

काठमाडौं ।   गेस्टहाउसको काम भन्दै बालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।  आर्थिक लाभ लिई नाबलिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा धनकुटाको  छथर जोरपाटी गाउँपालिका– १ घर भई दोलखा भिमेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीया आशा लामा भन्ने लालमाया तामाङलाई सोमबार मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

उनले काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा गेष्ट हाउसहरुमा नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ। बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। साथै उक्त ब्यूरोबाट खटिएको प्रहरीले दुई जना बालिकाहरूको उद्धार समेत गरेको छ।

आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, सुरुमा वेटरको काममा लगाउने र केही समयपछि ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर