चेल्सी लिग कप फुटबलको फाइनलमा

काठमाडौं ।  चेल्सी लिग कप (कारबाओ) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति मिडिल्सबर्गलाई ६–१ ले हराउँदै चेल्सी कारबाआको फाइनलमा प्रवेश गरेको हो ।   पहिलो लेगमा १–० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा सानदार जितका साथ फाइनलमा स्थान बनायो । समग्रमा चेल्सी ६–२ गोलको जित निकाल्न सफल भयो ।

घरेलु मैदानमा चेल्सीले उपहार गोलमार्फत अग्रता लिएको थियो । १५ औं मिनेटमा जोनाथन हाउसनले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले अग्रता लियो । २९ औं मिनेटमा इन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई २–० ले अघि बढाए । ३६ औं मिनेटमा एक्सल डिसासीले गोल गर्दै पहिलो हाफमै फराकिलो अग्रतातर्फ उन्मुख गराए । ४२ औं मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले पहिलो हाफमै ४–० को सहज अवस्था बनाएको थियो । ७७ औं मिनेटमा पालमरले व्यक्तिगत दोस्रो गोल गर्दा ५–० को अग्रता कायम भयो ।

८१ औं मिनेटमा चुकुवुनोन्सो मडुकेले टिमका लागि छैटौँ गोल गरे । ८८ औं मिनेटमा मोर्गन रोजरले १ गोल फर्काए पनि मिडिल्सबर्गलाई त्यो मात्रै पर्याप्त गोल भएन । चेल्सीले अब उपाधिका लागि लिभरपुल र फुलहमबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा लिभरपुल २–१ गोल अन्तरले विजयी भएको थियो । दोस्रो लेगको खेल बुधबार राति हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर