मौसम : देशभर साधारणतया सफा रहने

काठमाडौं ।   देशभरको मौसम बुधबार पनि साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा  पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण आज बिहान पहाडी भू–भागमा आंशिक बदलीय रही तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, बेलुका पहाडी क्षेत्रमा केही बदली भए पनि साधारणत देशभरको मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । तराईमा भने चिसोका कारण जनजीवन कष्टकर बनेको छ । हुस्सु र कुहिरोले यातायातका साधन निर्वाधरूपले चल्न सकेका छैनन् । साथै, सर्वसाधारणलाई दैनिकी चलाउनसमेत हम्मे परेको छ । महाशाखाले चिसोबाट बच्न सतर्क रहन अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर