सेनेगल र क्यामरुन समूह ‘सी’ बाट अन्तिम १६ मा प्रवेश

काठमाडौं ।  अफ्रिका कप अफ नेसन्समा सेनेगल र क्यामरुन समूह ‘सी’ बाट अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा गुएनामाथि २–० गोलको जित निकाल्दै सेनेगलले शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । यस्तै, गाम्बियाविरुद्ध ३–२ गोको जित निकालेको क्यामरुनले पनि अन्तिम १६ मा स्थान बनाएको हो । क्यामरुन दोस्रो स्थानमा छ । उसको ४ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको गुएनाको पनि ४ अंक छ ।

गुएनाको पनि अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना रहेको छ । ६ वटा टिमबाट शीर्ष २ र उत्कृष्ट ४ टिमले अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायमै  रहेको छ । गुएनाविरुद्ध मंगलबार रातिको खेलमा पहिलो हाफ बराबरी खेलेको सेनेगलले दोस्रो हाफमा २ गोल गरेको थियो । सेनेगलका अब्दुल्लाये सेकले ६१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

इलिमन शेखले ९० औं मिनेटमा गोल गरेपछि सेनेगलको २–० को सहज जीत पक्का भएको थियो । समूह ‘सी’ कै अर्को खेलमा क्यामरुनले गाम्बिायलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भएको ५ गोल नै दोस्रो हाफमा निस्किएको थियो । ५६ औं मिनेटमा कार्ल टोकोले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाए । एब्ली जालोले ७२ औं मिनेटमा गोल गरेपछि गाम्बियाले खेल एक–एक गोलको बराबरीमा ल्याएको थियो ।

इव्रिमा कोलीले ८५ औं मिनेटमा गोल गर्दै गाम्बियालाई २–१ को अग्रता दिलाए । तर, ८७ औं मिनेटमा गाम्बियाकै जेम्स गोमेजले बल क्लियर गर्न नसक्दै आफ्नै पोस्टमा गोल गरेपछि उपहार पाउँदै क्यामरुनले खेल २–२ को बराबरी गरेको थियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा क्रिष्टोफर ओहले गोल गर्दै अन्ततः क्यामरुनलाई ३–२ को जित पक्का गराए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर