नेप्सेमा आज मंगलबार ०.४० अंकको गिरावट

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से ०.४० अंकले घटेर दुई हजार ९८ दशमलव २९ विन्दुमा बन्द भएको हो । आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १०३ वटाको बढेको छ भने १३७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । त्यस्तै, मिडसोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ६.२० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ५५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर