एपीएफले दियो आर्मीलाई १२२ रनको सामान्य लक्ष्य

काठमाडौं ।  प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीविरुद्ध अर्को विभागीय टिम नेपाल एपीएफ क्लवले १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । रुपन्देहीको सिद्धार्थनगरमा पहिला ब्याटिङ गरेको एपीएफ ३२।४ ओभरमा १२१ रनमा अलआउट भयो । एपीएफका लागि कप्तान रोहितले १०३ बलको सामना गर्दै समान २ छक्का र चौकाको मद्दतमा ५९ रन जोड्दै अर्धशतक पूरा गरेका थिए । जारी प्रधानमन्त्री कपमा रोहितको यो दोस्रो अर्धशतक हो ।

रोहित प्रधानमन्त्री पको पूर्वसन्ध्यामा आर्मी छाडेर एपीएफमा अनुबन्धित भएका थिए । रोहितको कप्तथानीमा एपीएफ यसपटक प्रूधानमन्त्री कपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको हो । खराब मौसमका कारण खेल ढिला सुरु भएपछि ३६ ओभरमा झारिएको थियो । एपीएफका लागि रोहितका अतिरिक्त भुवन कार्कीले १६ र सुमित महर्जनले १४ रन थपे । बलिङतर्फ सोमपाल कामीले तीन र अभिनाश कर्णले २ विकेट लिए । विवेक यादव, शाहब आलम र वसिर अहमदको नाममा समान एक विकेट रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर