नेवानिलाई दक्षिणा दिएर पाल्नु हुँदैन : मन्त्री किराँती

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई करार व्यवस्थापनमार्फत सञ्चालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबार बसेको बैठकमा मन्त्री किराँतीले वर्तमान अवस्थामै निगम अघि बढ्न नसक्ने भन्दै यसलाई पुनर्संरचना गर्नुपर्ने बताएका हुन् ।

‘अब हामी यो निगमलाई यस्तै स्थितिमा राखिरहने अवस्थामा छैन। यो निगमलाई दक्षिणा बाँडेर राख्न हुँदैन भन्ने मेरो निष्कर्ष छ’, मन्त्री किराँतीले भने, ‘बिग्रेको राजनीति र भाँडिएको राजनीतिको मारमा निगम छ। नयाँ ढंगले पुनःसंरचना गर्नुछ।’

करार व्यवस्थापनको प्रस्ताव आफूले गत सातानै मन्त्रिपरिषद्मा पठाएको पनि मन्त्री किराँतीले बताए । उनले भने, “करार व्यवस्थापनमा जानैपर्छ । त्यसको लागि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको एक साता भएको छ । एकैपटक करार व्यवस्थापनमा नभए आवश्यक छलफल गरेर जानुपर्छ ।”

यस क्रममा मन्त्री किराँतीले निगमले पछिल्लो समय ५ करोड ऋण तिरेको जानकारी दिँदै भने, ‘यो त देखिएको आशाका किरण मात्रै हो। ऐनहरूमा हामीले धेरै ध्यान दिनुपर्नेछ। आफू मालिक नहुने अरूबाट प्रभावित हुने प्रवृत्ति छ। यसलाई सुधार्न मैले बिहान–बेलुकै निर्देशन दिएको छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर