नो पार्किङविरुद्ध न्यूरोडका व्यापारीहरूले सटर बन्द गरे

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले आजदेखि न्यूरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाएपछि त्यसक्षेत्रका व्यापारीले विरोध जनाएका छन् ।
महानगरले न्यूरोड क्षेत्रको सवारी आवागमन सहज बनाउने योजनाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गर्ने निर्ण लागू गरेको हो । तर, व्यापारी भने पार्किङ निषेधको विरोधमा पसलको सटर बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

पार्किङ निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ’ का संकेत चिह्न राखिएका छन्। यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी दिइरहेको छ। यस क्रममा आज बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारीसाधनको प्रयोग गरेर उठाइएको थियो। यसबाट न्यूरोड क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने अपेक्षा छ । तर न्यूरोड क्षेत्रका व्यापारीहरुले व्यापार घट्ने भन्दै महानगरपालिकाको निर्णय सच्याउन माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर