राजविराजमा शिलान्यास कार्यक्रममा झडप हुँदा मन्त्रीसहित ६ जना घाइते

काठमाडौं । सप्तरीमा प्रहरी र जनमत पार्टीका नेता कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएका छन्। राजविराज–१३ स्थित विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको जसपाका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गर्ने कार्यक्रममा भएको झडपमा प्रदेशका मन्त्रीसहित ६ जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवकोे टाउकोमा चोट लागेको छ भने प्रदेश सांसद सतिशकुमार सिंहकोे खुट्टामा चोट लागेको छ । त्यस्तै मन्त्रीका स्वकीय सचिव अमरेन्द्र यादवको खुट्टामा चोट लागेको छ भने मन्त्री कै सुरक्षामा खटिएका एक प्रहरी जवान रामशरण महतो, प्रहरी सहायक हवल्दार प्रभासकुमार मण्डल घाइते भएका छन्। उनीहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर