चीनको युनान प्रान्तमा पहिरोबाट ४७ जना पुरिए

काठमाडौं ।  चीनको युनान प्रान्तमा आज बिहान गएको पहिरोमा ४७ जना पुरिएका छन् । पहिरोमा परेर १८ वटा भवन भत्किँदा अरु थुप्रै मानिस बेपत्ता भएका बीबीसीले जनाएको छ ।

पुरिएकाहरुको अवस्थाबारे भने जानकारी आइनसकेको खबरमा उल्लेख छ ।  बेपत्ताहरूको खोजी तथा उद्धार कार्य भइरहेकाे छ । स्थानीय समाचार माध्यम पीपुल्स दैनिकका अनुसार घटनापछि यस क्षेत्रबाट पाँच सयभन्दा बढी व्यक्तिलाई सुरक्षित ठाउँमा सारिएको छ ।

भत्केका भवन पन्छाएर त्यहाँ पुरिएका मानिसको खोजी र उद्धार भइरहेकाे देखिएको बीबीसीले जनाएको छ । त्यस क्षेत्रमा तापक्रम पनि शून्यभन्दा तल रहेको खबरमा उल्लेख छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । यस क्षेत्रमा यसअघि सन् २०१३ को जनवरीमा पहिरो जाँदा १८ जनाको ज्यान गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर