छुट्टाछुट्टै सडक दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं ।  तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा देवघाट-३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालकको खोजी भइरहेको उनले बताए  । ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

यसैगरी पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका १ असेर्दी बस्ने २८ वर्षीय हेमन्त घर्ती रहेको प्रहरीले जनाएको छ । हिजो बेलुका रम्भा १ को भुमरमा भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी श्रीराम भट्टले जानकारी दिए ।

कालीगण्डकी करिडोर अन्तर्गत पिपलडाडादेखि हुगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल कालीगण्डकी किनारमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलका चालक रहेका मृतकको शवलाई पोस्टमार्टम गर्न रामपुर अस्पतालमा पठाइ घटनाबारे थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर