फास्ट ट्रयाकको जग्गा प्राप्ति छिटो टुंग्याइने : मन्त्री ज्वाला

काठमाडौं । काठमाडौं–तराई–मधेस फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई रकारले छिटो टुंग्याउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।
“फास्ट ट्र्याकसम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो । केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौं । त्यो समितिले काम अघि बढाएको छ । छिट्टै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ”, मन्त्री ज्वालाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर