न्यूजिल्याण्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

काठमाडौं ।   यू-१९ क्रिकेट विश्वकपमा न्यूजिल्याण्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै ३०२ रन बनाएको हो ।

न्यूजिल्याण्डका लागि स्नेहित रेड्डीले अविजित १४७  रनको शतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान ओस्कार ज्याक्सन ७५ रन बनाएर आउट भएका थिए । त्यसैगरी नेपाली बलर सुबास भण्डारीले ३ विकेट लिए भने गुलशन झाले २ विकेट तथा दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक-एक विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर