आर्मी क्लब नेपाल पुलिस क्लबसँग पराजित

काठमाडौँ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबसँग पराजित भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आइतबार भएको खेलमा जित नजिक पुगेको आर्मी पुलिससँग १३ रनले स्तब्ध बन्यो ।

पुलिसले भने लगातार तेस्रो जित निकाल्दै ६ अङ्कबनाएको छ। दोस्रो हार खेपेको आर्मीले चार खेलबाट चार नै अङ्क बनाएको छ । जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको आर्मी ३२.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन मा समेटियो ।

आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५२ रन बनाए। कुशल मल्लले ३५ र कप्तान विनोद भण्डारीले १९ रन बनाए । बलिङमा पुलिसका सागर ढकाल र ललितनारायण राजवंशीले तीन तीन विकेट लिए । राशिद खानले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट झारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ३१.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ५२ रन बनाए । आरिफ शेखले १८, दीपेन्द्रसिंह ऐरी, राशिद खानले १३ तथा अर्जुन साउद र करण केसीले १०/१० रन बनाए । बलिङमा आर्मीका सोमपाल कामीले चार विकेट लिए । साहब अलाम र विवेक यादवले समान दुई र कुशल मल्लले एक विकेट झारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर