आइतबार नेप्सेमा २५.६३ अंकको गिरावट

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २५.६३ अंकले घटेर दुई हजार एक सय ३० दशमलव १८ विन्दुमा बन्द भएको हो ।  आज नेप्सेमा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६४ वटाको बढेको छ भने १७७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएकामध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था र मिडसोलु हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ । त्यस्तै, सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ८.२७ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर