गण्डकीको शानदार जित

काठमाडौं ।  कप्तान विपीन खत्रीको घातक बलिङसामू निरीह देखिएको कोशी प्रदेशलाई १४२ रनले हराउँदै गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

गण्डकीले दिएको १६८ रनको मधयम लक्ष्य पछ्याएको कोशी १५.२ ओभरमा अलआउट हुँदै २५ रनमा समेटिएपछि गण्डकीले १४२ रनको फराकिलो जित निकाल्दै पहिलो जित दर्ता गराएको हो । कोशीका लागि कप्तान अंकित सुवेदीले जोडेको ८ रननै सर्वाधिक रह्यो । सोनु अन्सारी, फिर्दोस अन्सारी र समिर कार्कीलाई शुन्य रनमा नै गुमाएको कोशीले मिनाश थापा र सोनु मण्डललाई १ रनमा गुमायो भने सुजन थपलिया २ रनमा बोल्ड आउट भए । यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डीङ रोजेको कोशीले गण्डकीलाई ४८.२ ओभरमा १ सय ६७ रनमा अलआउट गरेको थियो । प्रतियोगितामा जितविहिन रहेका दुई टोलीबीचको खेलमा गण्डकीले सोचेजस्तो सुरुवात गर्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर