न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिए

काठमाडौं  ।   धनुषा जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन्। न्यायाधीश भट्टराईले  प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठलाई आफ्नो राजीनामा वुझाएका हुन्। प्रधानन्यायाधीशको सचिवालयका अनुसार भट्टराईले माघ ५ गते, शुक्रबार आफ्नो राजीनामा बुझाएका थिए।

लामो समयदेखि न्याय परिषद्‌मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले छानबिन नसकिँदै राजीनामा दिएका हुन्।  आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश भट्टराईले राजीनामा दिएका हुन्। दिनदहाडै गोली प्रहार गरी व्यवसायीको हत्या गरेको आरोप लागेका अभियुक्तलाई सफाइ दिने फैसला गरेको भन्दै धनुषा जिल्ला अदालतमा कार्यरत रहेका न्यायाधीश भट्टराई २०७९ असार २७ गते सर्वोच्च अदालतमा तानिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर