विदेशी सेनामा भर्ती भएर युवाले संविधानविपरीत कार्य गरे : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली युवो युक्रेन र रुसका सेनामा भर्ती भएर गएका राज्यको नीति र संविधानविपरीत कार्य गरेको बताएका छन् ।

असंलग्न शिखर सम्मेलन सम्पन्न गरी आज आइतबार स्वदेश फिर्तीको क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले जागिर खाने नाममा गैरजिम्मेवार भएर युवाले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुनु नहुने र अबका दिनमा युवा स्वयं जिम्मेवार बन्न आग्रहसमेत गरे । युक्रेन र रुसको सेनामा भर्ती भई ज्यान गुमाएकाहरूका विषयमा सरकारले असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा गम्भीरताका साथ चासो दिएको उनले बताए । मृतक परिवारलाई क्षतिपूर्ति राहत र शव फिर्ता ल्याउने सम्बन्धमा समेत रुसका उपविदेश मन्त्रीस्तरमै छलफल भएको उनले बताए ।

परराष्ट्रबाट कूटनीतिक पहल भएको तर परिणाम आएन भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ती देशहरूले गम्भीर भएर लिए पनि द्वन्द्वमा भएकाले समय दिन नसकेको हुनसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर