सुनको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा आज ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँ रहेको छ ।    त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर