आर्सनलको शानदार जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शानदार जित निकालेको छ ।

शनिबार आर्सनलले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई ५–० ले हराएको हो । जित सहित आर्सनलले उपाधि होडमा आफुलाई कायम राखेको छ । पछिल्लो वर्षको अन्तिममा लिगका ५ खेल मध्य तीन खेलमा हार ब्यहोर्दै आर्सनल उपाधि होडमा पछि परेको अस्था थियो ।

आर्सनलको जितमा गेब्रियल हेडर, डीन हेन्डरसनको आत्मघाति गोल र लिएन्ड्रो ट्रसार्डको तेस्रो गोल महत्वपुर्ण रह्यो । इन्जुरी समयमा गेब्रियल मार्टिनेलीको दुई गोल गर्दै आर्सनललाई फराकिलो जित दिलाए ।

जित सहित आर्सनल ४३ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले शीर्ष स्थानको लिभरपुलसँगको दुरी दुई अंकमा झारेको छ । प्यालेस २१ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर