मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। विगत केही दिनदेखि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ। आज पनि तराई मधेशका जिल्लामा लाग्ने हुस्सु र कुहिरोबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

आज दिउँसो पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ। त्यसैगरी आज राति देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा आज राति हल्का हिमपातको सम्भावना रहेको महााशाखाले जनाएको छ।

आइतबार (भोलि) पनि  देशको पहाडी भूभागमा आंशिकदेखि मौसम साधारणतया बदलीकै अवस्थामा रहने छ। भोलि कोशी,  गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अबको तीन दिन पहाडी क्षेत्रमा बदली र तराई मधेशका क्षेत्रमा हुस्सु र कुहिरो लागे पनि वर्षाको सम्भावना भने कतै देखिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर