पाक क्रिकेट बोर्डका अध्यक्षको राजीनामा

काठमाडौं । जाका अशरफले पाकिस्तान क्रिकेट बोर्ड अन्तरिम व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
पाकिस्तान क्रिकेट बोर्डको व्यवस्थापन समिति ९एमसी० को लाहोरको राष्ट्रिय क्रिकेट एकेडेमीमा शुक्रबार बसेको चौथो बैठकपछि अशरफले राजीनामा दिएका हुन् । उनलाई गएको जुलाईमा आईएमसीको प्रमुख नियुक्त गरिएको थियो । त्यसपछि पाकिस्तान सरकारले गत नोभेम्बरमा उनले म्याद फेब्रुअरी ४ सम्म थपेको थियो । अशरफले आफ्नो म्याद सकिन दुई साता अघि नै पदबाट राजीनामा दिएका हुन् ।
प्रतिक्रिया