हिजबुल्लाहद्वारा इजरायलमाथि आक्रमण

काठमाडौं ।  हिजबुल्लाहले इजरायलमा पछिल्लो आक्रमण गरेको जनाएको छ । लेबनानी समूहले गए राती इजरायली सैनिक क्याम्पमा तीनवटा मिसाइल आक्रमण गरेको र सबै अवस्थामा प्रत्यक्ष प्रहार गरेको बताएको हो ।

उसले टेलिग्राममा जारी गरेको एक बक्तब्य मार्फत भन्यो कि इजरायलका अल सुम्माका साइटहरू, शेबा फार्ममा रहेको रामथा, माउन्ट नादेर र खिरबेट मारमा रहेको इजरायली सेनाको आधार केन्द्रहरूमा रकेटद्वारा सैनिकहरूको समूहलाई आक्रमण गरेको छ।

यस हप्ताको सुरुमा संयुक्त राष्ट्र संघकका महासचिव एन्टोनियो गुटेरेसले भनेका थिए कि गाजा द्वन्द्वको क्षेत्रीय फैलावटको सबैभन्दा ठूलो डर र खतरा इजरायलसँगको लेबनानको सीमामा छ, जहाँ हिजबुल्लाह र इजरायली सेना बीचको दैनिक जसो हानाहान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर