मंगलबार शेयर मूल्य दोहोरो अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले बढेको छ । नेप्से १७.३६ अंकले बढेर एक हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द भएको हो ।

त्यस्तै, आज ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएका १६८ कम्पनीको शेयरमूल्य बढेको छ भने ४४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । तारागाउँ होटल रिजेन्सी लिमिटेडको शेयरमूल्य ६ प्रतिशतले बढेर प्रतिकित्ता ५३० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५।८१ प्रतिशतले बढेर प्रतिकित्ता ९१० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार सनराइज ब्लुचिप फन्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर