दुई करोड ३० लाखसहित संदिग्ध हुन्डी कारोबारी पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी भएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए। उनले भने, “राजस्व अनुसन्धान विभागको टोलीले करिब दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।”

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर