बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

काठमाडौं ।  बार्सिलोना स्पेनिस कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न खेलमा बार्सिलोनाले युनियनइस्टासलाई ३-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको कोपाको क्वाटरफाइनलमा पुगेको हो।

बार्सिलोनाको जितमा फेरान टोरेज, जुलेज कोउन्डे र अलेजान्द्रो बल्डेले एक-एक गोल गरेका थिए। त्यस्तै युनियनइस्टासका लागि अल्भारो गोमेजले एक गोल गरेका थिए।

योसँगै यस सिजनको कोपा डेल रे को क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको छ। जसमा बार्सिलोनासहित  एटलेटिको म्याड्रिड, एथलेटिक बिल्बाओ, सेल्टा भिगो, गिरोना, मल्लोर्का, रियल सोसियडाड र सेभिया रहेका छन्।क्वाटरफाइनलको ड्र आज हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर