नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहिबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ७.२४ अंकले घटेर दुई हजार एक सय ५५ दशमलव ८२ विन्दुमा बन्द भएको हो ।

आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा रिडी पावर कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, महुली लघुवित्त वित्रीय संस्था लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

त्यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.४३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको एक अर्ब ८४ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर