बिरामी जाँचिरहेका बेला औषधिको प्रचार नगर्न आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बिरामीको परीक्षण भइरहेको समयमा औषधिलगायतका सामानको प्रचार नगर्न आग्रह गरेको छ । अस्पतालले बिहीबार सूचना निकाल्दै ओपिडी वार्ड तथा ओटीलगायतका स्थानमा एमआरहरु जाने र औषधिलगायतका सामानको प्रचारप्रसार नगर्न आग्रह गरेको हो ।

विभिन्न कम्पनीका मानिसहरु आई सामान बेच्ने ?, ल्याब टेस्टका लागि रगत सङ्कलन गरी प्राइभेट ल्याबमा लगेर जथाभावी पैसा असुल गर्ने जस्ता क्रियाकलाप गरी उपचार कार्यमा नै बाधा पुर्‍याएको भनी जनगुनासो आएका कारण अस्पतालले यस्तो आग्रह गरेको हो ।

अस्पतालले त्यस्तो कार्य नगर्न÷नगराउन सम्बन्धित सबैमा यसै सूचनामार्फत सूचित गरेको छ । बिरामीको उपचार कार्यमा बाधा पुग्ने गरी यस्तो क्रियाकलाप गरेमा जो कोहीलाई नियमानुसार कारवाही गर्ने अस्पतालले सूचनामा उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर