रास्वपाद्वारा दबाब यात्रा गर्ने आयोजनाको नामावली प्रकाशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘दबाब-यात्रा’ गर्ने आयोजनाहरूको सूची सार्वजनिक गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले २७ आयोजनाहरूको नाम सार्वजनिक गरेको हो। भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरिएको हो।

दबाब कार्यक्रम गर्नुपर्ने भनेर ठहर गरिएका आयोजनाहरूको सूची: 

१. गल्छी-त्रिशुली- मैलुङ-स्याफ्रुबेंसी- रसुवागढी सडक (दुई खण्ड)
२. मेलम्ची खानेपानी आयोजना
३. ११ किलो-छेपेटार-भालुस्वारा-वारपाक सडक
४. टनकपुर लिंक रोड
५. हुलाकी राजमार्ग (बेलौरी पचुई क्षेत्र)
६. भेडेटार-रबि-राँके सडक
७. कमला पुल
८. जनकपुर परिक्रमा सडक
९. कालिगण्डकी करिडर अन्तर्गत-म्याग्दी सडक खण्ड
१०. मध्यपहाडी लोकमार्ग अन्तर्गतको बुर्तिबाङ-बाग्लुङ सडक खण्ड
११. मध्यपहाडी लोकमार्गअन्तर्गत दैलेख खण्ड
१२. दाङको घोराही तुलसीपुरको सडक
१३. तिनकुनेस्थित बागमती पुल
१४. ग्वार्को फ्लाइओभर
१५. धनगढी-दिपायल फास्ट ट्रयाक
१६. काठमाडौं- मधेस द्रुतमार्ग
१७. चितवन नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडक
१८. घुमाउने पुल, सडक स्तरोन्नति (तनहुँ चितवन)
१९. मकैसिंह पुल, गोर्खा
२०. नागढुंगा-मुग्लिन सडक स्तरोन्नति
२१. त्रियोगा पुल, उदयपुर
२२. धरहरा, काठमाडौं
२३. भेरी बबइ डाइभर्सन
२४. सिद्धबाबा सुरुङ मार्ग
२५. गौतमबुद्ध/पोखरा विमानस्थल
२६. पासाङ ल्हामु राजमार्ग (काठमाडौं–त्रिशुली)
२७. दमौली–पोखरा सडकखण्ड

आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको संभावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न रास्वपाले एक कार्यदल गठन पनि गरेको छ। जसमा श्रीराम न्यौपाने, विपिनकुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटवाल र खुस्बु सरकार श्रेष्ठ छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर