सरकारबाट नेकपा एस बाहिरिए रास्वपा सामेल हुने तयारी

काठमाडौं । ललितिपुरको बालकुमारी घटनामा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिलाई लिएर आलोच्य परिस्थितिमा पुगेको सत्ता गठबन्धनको एक घटक नेकपा एसले सरकारबाट बाहिरिने चेतावनी दिएको छ । उक्त पार्टीले गठबन्धनमा आफ्नो उपस्थिति बलियो बनाउन हालका दुई मन्त्री र एक राज्यमन्त्रीसहित थप एक प्रभावशाली मन्त्रालय पाउनुपर्ने अस्त्र फ्याँकेको छ । नेकपा एसको उक्त अस्त्रपछि गठबन्धनको बैठकमा सोही विषयले गर्मागर्मी बहस चलेको थियो ।
नेकपा एसका एक नेताका अनुसार ‘सत्ता गठबन्धनको बैठकमा (९पुस २९) अध्यक्ष माधवकुमार नेपालले चार मन्त्रालय पाउनुपर्ने अडान राखेको र उनको माग सुनेपछि देउवा र प्रचण्डले सम्भव नहुने आशयका अभिव्यक्ति दिएका थिए । त्यसपछि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारबारे सार्वजनिक रूपैमै असन्तोष र असहमति प्रकट गर्दै आएका छन् । अध्यक्ष नेपाल आफ्नो असन्तोषपछि गठबन्धनको बैठकमा अनुपस्थित रहेर पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई पठाएका थिए।
नेकपा एसको सरकार छोढ्ने चेतावनीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सामेल गराउने तयारी गरिरहेको बुझिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर